News विदेश

लद्दाखको सिमाक्षेत्रबाट चीनलाई के सन्देश दिदैछन् मोदी ?, यसरी तयार हुँदैछन् २९६७ गाउँ

लद्दाखको सिमाक्षेत्रबाट चीनलाई के सन्देश दिदैछन् मोदी ?, यसरी तयार हुँदैछन् २९६७ गाउँ

मे २०२० मा पूर्वी लद्दाखको गलवान घाँटीमा भारत र चीनका सेनाबीच हिंश्रक झडप भएकोपछि दुई देशको सम्वन्ध तनावपूर्ण छ। यही अवस्थामा भारतीय गृहमन्त्री अमित शाहले अरुणाचल प्रदेशको दुई दिने भ्रमण गरेका छन्।

गृहमन्त्री शाहको अरुणाचल भ्रमणको चीनले विरोध गरेको छ। अमित शाहले भने चीनको नाम नलिईकन कसैले पनि भारतको जमिन अतिक्रमण गर्न नसक्ने चेतावनी दिएका छन्। अरुणाचल प्रदेशको अन्जाव जिलाको सिमावर्ती गाउँ किबिथुमा ४८०० करोडको लागतमा सुरु हुन लागेको ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ को उदघाटन गर्दै शाहले भने ‘अव ति दिन गए, जति वेला भारतको जमिन अतिक्रमण हुन्थ्यो।’

सियोको टुप्पो जति जनिमन पनि अव कसैले हडप्न नसक्ने दावी गरेका उनले त्यसको रक्षाका लागि आईटीबीपी र भारतीय सेना तैनाथ रहेको जिकिर गरे।

पछिल्लो केही समयदेखी अरुणाचल प्रदेशलाई लिएर दुई देशबीच विवाद चलिरहेको छ। गत वर्ष डिसेम्वरमा दुई देशका सेनाको तवाङ सेक्टरमा झडप भएको थियो। हालै चीनले अरुणाचल प्रदेशका तिनै क्षेत्रका ११ इलाकाको नाम परिवर्तन गरेर सूचि सार्वजनिक गरेपछि भारत रुष्ट छ।

चीले दक्षिणी तिब्बती क्षेत्रभित्र पारेर अरुणाचल प्रदेशका केही क्षेत्र समेटेको छ। जसमा अरुणाचल प्रदेशको राजधानी ईटानगरको छेउमा रहेको एउटा शहर पनि परेको छ। नाम वदलेर भारतीय क्षेत्रलाई चीनको भुभाग वनाउन खोज्ने चीनी रणनीतिको भारतले विरोध गरेको छ।

अरुणाचल प्रदेशका अन्तर्गतका क्षेत्र समेटेर चीनले सार्वजनिक गरेको यो तेस्रो सूचि हो। सन २०१७ मा चीनीले ६ ठाउँको नाम समेटेर सूची सार्वजनिक गरेको थियो भने डिसेम्वर २०२१ मा अरुणाचल प्रदेशका १५ स्थानलाई समेटेर एक सूची जारी गरी नाम बदल्ने प्रयास गरेको थियो।

के हो भाइब्रेन्ट भिलेज प्रोग्राम?
भारत सरकारको अर्थमन्त्रालयले सन २०२२/२३ देखि २०२५/२६ का लागि ४८०० करोड रुपैयाँको केन्द्रिय योगदानसहित ‘भाईब्रेन्ट भिलेज प्रोग्राम’ को मन्जुरी दिएको छ। जसमध्ये २५०० करोड रूपैयाँ खास गरी सडक निर्माणमा राखिएको छ।

यो कार्यक्रमको मुख्य उदेश्य सिमावर्ती गाउँका मानिसको जीवनस्तर सुधार गर्ने र त्यहाँका मानिसहरुलाई अविचलित रुपमा वस्नका लागि प्रोत्साहन गर्नु हो। जसले यस गाउँबाट वसाई सराईको समस्या रोकिने र सीमाको रक्षामा सहयोग पुग्ने आशा गरिएको छ।

अरुणाचल प्रदेश, सिक्किम, उत्तराखण्ड र हिमाचल प्रदेश एवम केन्द्र शासित प्रदेश लद्दाखमा जारी उित्तरी सीमासँग जोडिएका १९ जिल्लाका २९६७ गाउँलाई ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ अन्तर्गत विकासका लागि पहिचान गरिएको छ।

पहलो चरणमा प्राथमिकताका आधारमा ६६२ गाउँलाई कार्यक्रमका लागि पहिचान गरिएको छ। जसमां अरुणाचल प्रदेशका ४४५ गाउँ समावेश छन्। यो कार्यक्रम अन्तर्गत जिला प्रशासन केन्द्र र राज्यद्वारा निर्धारित योजनामा सतप्रतिशत कार्यान्वय गर्न ब्लक र पञ्चायत स्तरीय कार्ययोजना तयार गरिने जनाईएको छ।

गाउँको विकाशका लागि पहिचान गरिने नमुना क्षेत्रमा सडक सञ्जाल, खानेपानी, सौर्य हावापानी उर्जासहित बिजली, मोबाइल र इन्टरनेट कनेक्टिविटी, पर्यटन केन्द्र, बहुउद्देश्यीय केन्द्र र स्वास्थ्य सम्बन्धी आधारभुत ढाँचा र स्वास्थ्य कल्याण केन्द्र समावेश छन्।

यसैगरी, ‘स्वर्ण जयन्ती सीमा प्रकाश कार्यक्रम’ अन्तर्गत अरुणाचल प्रदेशका ९ माईक्रो हाइडल परियोजनाको उदघाटन पनि हुँदैछ।

विशेष