News

चीनले नेपाललाई तिब्बत बनाउन खोजेको अभियानका अध्यक्ष यादवको आरोप

चीनले नेपाललाई तिब्बत बनाउन खोजेको अभियानका अध्यक्ष यादवको आरोप

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई तिब्बत बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्। सिरहाको लहानमा आयोजित ‘चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचारगोष्ठीमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

भूमि कब्जादेखि चर्को ब्याजमा ऋण दिएर एयरपोर्ट कब्जा गर्ने सम्मका षडयन्त्रमा चीन लागेको उनले आरोप लगाए। नेपालसँगको सम्बन्धमा चीनले मनपरी गरेको र चीनले आठ महिना बितिसक्दा पनि नेपाली राजदूतको आहोदाको प्रमाण पत्र नबुझेकामा उनले आपत्ति जनाए। ‘चीनको नेपालप्रति हेपाहा प्रवृत्तिको संगठित भएर विरोध गर्नुपर्छ,’ उनले भने।

संविधानसभा सदस्य तथा कार्यक्रमका विशिष्ठ अतिथि बीपी यादवले समाजमा व्याप्त कुसंस्कार र राजनीतिक दलको संवैधानिक विचलनले देश संकटमा परेको बताए। चीनले नेपालका नेतालाई प्रभावमा पारेर देशलाई ऋण जालमा फसाएको आरोप पनि उनले लगाए। चीन नेपालाई श्रीलंकाजस्तो बनाउन लागीपरेको उनको भनाई छ।

मधेशमा मुस्लिम दाजुभाइहरूलाई विदेशी मौलानाहरूको माध्यमबाट जिहादी अतिवादीको प्रशिक्षण प्रदान गरी समाजमा साम्प्रदायिक दंगा गराउने योजनाअनुरूप कार्य भइरहेको र यस्ता असामाजिक तत्वबाट सचेत रहनु पर्ने उनले बताए।

अविनाश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनुपमा झा, महिला अधिकारकर्मी रीता महतो, अभियानका सदस्य मनोज पासवान, समाजसेवी भरत साह, प्राध्यापक कन्हैया भट्ट, व्यवसायी राजु मण्डललगायतले मन्तव्य ब्यक्त गरेका थिए।
 

विशेष