News

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचन मार्फत उनी वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन।

पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनका लागि अञ्जन र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। तर, उनीहरुले सहमति गरेपछि अञ्जन निर्विरोध भएका हुन।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत, निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत र रामचन्द्र संघाइले ३०.४६ प्रतिशत मत पाएका थिए। 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो कार्यकालमा चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

अन्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन्। परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारबाट सुरू भएको यात्रा २०२३ सम्म आइपुग्दा दूधजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।

लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठका अनुसार १४ वटा देशमा सुजलका उत्पादन निर्यात भइरहेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलियाका साथै, एसिया, अफ्रिका तथा मध्यपूर्वका राष्ट्रमा उनका उत्पादनहरू निर्यात हुने गरेका छन्।
 

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ

विशेष