News

रौतहटपछि धनगढीका वृद्धको पेटमा पनि बोतल भेटियो

रौतहटपछि धनगढीका वृद्धको पेटमा पनि बोतल भेटियो

पछिल्लो समय रिठ उठेको मान्छेलाई ठेगान लगाउँन मलद्वारबाट पेटमा रक्सीको वोतल छिराई दिने फेसन चलेको छ।

रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा आफनै साथीले वेहोस वनाएर मलद्वारबाट रक्सीको बोतल पेटमा छिराई दिएको घट्ना सेलाउन नपाउँदै धनगढीमा फेरी यस्तै घटना घटेको छ।

बिहीबार दिउँसो पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा पुगेका धनगढी–१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा पनि रक्सीको वोतल फेला परेको छ। उनको छातीको एक्सरे गरेर हेर्दा पेटभित्र रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ।

एक्सरेपछि मात्रै बिरामीले पनि आफनो पेटमा वोटल रहेको जानकारी पाएका थिए। मगरका अनुसार साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिरेको वताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पतालले उनको पेटभित्रको बोतल निकाल्न अपरेसनको तयारी भइरहेको बताए। उनका अनुसार घटनाबारे सोधपुछ गर्दा बिरामीले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।
यो पनि

विशेष