News

अधिकांश पदाधिकारी जोगाउने पक्षमा हुँदा पनि कसरी गयो ढाकाको सांसद पद ?

अधिकांश पदाधिकारी जोगाउने पक्षमा हुँदा पनि कसरी गयो ढाकाको सांसद पद ?

घुस प्रकरणमा जेलिएका रास्वपाका नेता ढाकाकुमार श्रेष्ठले आफनै कारणले सांसद पद गुमाउनु परेको खुलासा भएको छ। अडियो प्रकरणमा निर्णय लिन वुधवार वसेको केन्द्रिय समितिको वैठकमा अधिकांश नेताहरु उनलाई सांसदबाट हटाउन नहुने पक्षमा थिए ।

तर, दुई खाले कुरा गरेपछि सांसद पद समेत गएको एक नेताले वताए। खासमा ढाकाप्रति कठोर निर्णयमा पुग्नुमा उनले दुईवटा कुरा गर्दा एकापसमा बाझिएको रास्वपाको निष्कर्ष छ।

‘उहाँ आफैंले बोलेको कुरामा दुईटा अर्थ लाग्छ। दुई जिब्रे कुरा गर्नु भयो, कहिले अडिओ मेरो होइन एडिटेड गरियो भन्नुहुन्छ, कहिले जनवरीतिरको भन्नुहुन्छ,’ ति नेताले भने भने, –‘दुइटै पदबाट निलम्बन गर्ने कठोर निर्णय गर्नुको कारण यही हो।’

वैठकमा श्रेष्ठमाथि कारबाहीलाई लिएर दुई धार देखिएको थियो। सांसदबाट हटाउने निर्णयमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएका थिए। यद्यपी सभापति रवि लामिछाने श्रेष्ठप्रति निकै आक्रामक थिए। उनैको जोडमा पार्टी र सांसद दुवैबाट हटाउने निर्णय भएको ती नेताले दाबी गरे।

‘हामी अधिकांश केन्द्रीय सदस्यले ढाकाजीमाथिको कारबाही गरे पनि सांसदबाट हटाउने निर्णय हतारिएर नगरौं, उहाँको बदलामा अहिले नै अर्को सांसद बनाउने निर्णय नगरौं, नपठाऔं भन्यौं,’ ती पदाधिकारीले भने, ‘तर सभापतिजीले मान्नु भएन। पार्टीलाई ध्वस्त पारेको भन्दै तत्काल निर्णय गर्ने प्रस्ताव गर्नुभयो।’

वैठकमा उपसभापति डोलप्रसाद अर्याल न्युट्रल बसेका थिए। रास्वपाको ३९ केन्द्रिय सदस्यमा दुवै पदबाट कारवाही गर्नुपर्छ भन्ने पक्षमा ९/१० मात्र थिए। तर, उनको दोहोरो कुराले सांसद पद पनि गुमेको वैठकका सहभागिहरुले वताएका छन् ।

वैठक चलिरहेकै वेला पनि केन्द्रीय सदस्यहरुले ढाकासँग स्पष्टीकरण सोधेका थिए। यसअघि कोर टिमको कुरा गर्दै आएका उनी त्यतिवेला भने ‘ममाथि षड्यन्त्र भयो’ भन्दै वसेका थिए। 
यो पनि,

ढाकाकुमार श्रेष्ठ रवि लामिछाने दुर्गा प्रसाई रास्वपा

विशेष