News

जस्ले श्रीमतीको आँखा छलेर आफनै १४ वर्षिया छोरीलाई गर्भ बोकाए

जस्ले श्रीमतीको आँखा छलेर आफनै १४ वर्षिया छोरीलाई गर्भ बोकाए

महोत्तरीको बर्दिबास घर भएका एक ब्यक्तिले आफनै १४ वर्षिया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घट्ना सार्वजनिक भएको छ।

बर्दिबास–११ खयरमारा घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ३४ वर्षीय ति ब्यक्तिले श्रीमती नभएको मौका पारेर पटक पटक छोरीलाई बलात्कार गरेको पाईएको छ। 

बर्दिवासबाट सरेर केही महिनादेखी परिवारसहित ठिमी वस्दै आएका ति ब्यक्ति नजिकैको इटाभट्टामा काम गर्छन। उनले पहिलो पटक गत कात्तिकमा छोरीलाई बलात्कार गरेको र त्यसपछि श्रीमतीको आँखा छलेर छोरीलाई पटक पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिप गिरीलका अनुसार आमा छोरी महोत्तरी घर आएको बेला यो घटना सार्वजनिक भएको हो। शुक्रबार बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिनाभन्दा बढीको गर्भ रहेको गरीले वताए।

किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन्। पीडित किशोरी हाल आफ्नी आमासँगै बर्दिबासमा छिन्। किशोरीकी आमाले दोषीलाई पक्राउ गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएको गिरीले जानकारी दिए।

घट्ना भक्तपुरमा भएको पाईएपछि पीडित बालिकाकी आमाले दिएको जाहेरी भक्तपुर प्रहरीलाई पठाउनले उनले वताए। स्वास्थ्य परीक्षणमा किशोरीको पेटको गर्भ पतन गर्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाई छ।

पीडित बालिकाकी आमाका अनुसार विगत तीन महिनादेखि रजश्वला नभएपछि शंका लागेर उनले छोरीलाई सोधीखोजी गरेकी थिईन। बालिकाले आफुलाई बुवाले नै पटकपटक बलात्कार गरेको र कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मार्ने धम्की दिएकाले घटना लुकाएर राखेको बताएकी थिईन।

प्रहरीका अनुसार पीडित किशोरी परिवारकी जेठी छोरी हुन्। उनी स्कुल जान्नन्। उनका एक भाइ र एक बहिनी छन्।
 

विशेष