केन्द्र सरकारमाथि बालेन्द्रको आक्रमणः सिंहदरबार अर्कै पालिकामा सार्नोस
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केन्द्र सरकारमाथि एकमाथि अर्को प्रहार गरिरहेका छन्। पछिल्लो पटक उनलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार नै अरु पालिकामा सार्न आग्रह गरेका छन् ।
काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै साहले सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका थिए। अहिले उनले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताएका छन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्’ उनले सामाजिक सन्जालमा लेखेका छन्,–‘हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ, राजनिती हैन।’
उनले पछिल्लो स्ट्याटर भने राजनीतिक दलबाट विरक्त भएका नागरिकको मन आफुतर्फ फर्काउन केन्द्रित रहेको धेरैले अनुमान लगाएका छन्। विवादित कामका कारण जनमत गुमाउँदै गएका उनले काठमाण्डौंप्रति अपनत्व देखाएर राजनीति विरुद्ध अभिब्यक्ति दिई नागरिकको समर्थन वटुल्न चाहेको उनीहरुको अनुमान छ।