News

ढाकाको भाग्यमा डढेलो लाग्दा विन्दवासिनीको भाग्य चम्कियो

ढाकाको भाग्यमा डढेलो लाग्दा विन्दवासिनीको भाग्य चम्कियो

मेडिकल ब्यवसायी दुर्गा प्रसाई सँगको २ करोड घुस प्रकरणले ढाकाकुमार श्रेष्ठको भाग्यमा डढेलो लाग्दा रास्वपाकै नेतृ विन्दवासिनी कशांकारको भाग्य चम्किएको छ। रास्वपाले श्रेष्ठलाई फिर्ता वोलाएर उनको ठाउँमा कंशाकारलाई सांसद बनाउने भएको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि काशंकारलाई सांसद बनाउने भएको हो। बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले आफ्नो अडियो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणित भएको बताए । 

त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे । 

केहिदिन अघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो ।  त्यही विषयलाई टुङ्गोमा पुर्याउन वुधवार वसेको वैठकले श्रेष्ठको ठाउँमा विन्दवासिनीलाई सांसदको रुपमा सिफारिस गरेको हो। 

१० वर्षअघि एसिड आक्रमणमा परेकी उनी समानुपातिकतर्फ जनजाती महिलाको सूचीमा यसअघि अटाएकी थिइनन्। रास्वपा स्थापना कालदेखि नै जिल्ला सदस्य रहेकी उनलाई केही साता अघि मात्रै पार्टी सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। 

बिहेको प्रस्ताव अस्वीकार गरेपछि २०७० बैशाख ९ गते एक भारतीय नागरिकले उनीमाथि एसिड आक्रमण गरेका थिए। फुपूका छोराको मिल्ने साथीको रूपमा उनको भारतीय नागरिक दीलिपराज केशरीसँग परिचय भएको थियो। 

केशरी हेटौंडामा रहेको विन्दवासिनीको पसलमा पनि आउन थाल्यो। कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाल्यो। उसले फोनबाटै बिहेको प्रस्ताव राख्यो। विन्दवासिनीले सम्झाउने प्रयास गरिन्, तर केशरीले मानेन। वैशाख ९ गते बुवा आमाको वैवाहिक वर्षगाँठ(एनिभर्सरी)। विवाह भएको दिनलाई उत्सवका रूपमा भव्य बनाउने तयारी भइरहेको थियो।

त्यही बेला पसलअगाडि केशरी देखा प¥यो। अनुहारमा एसिड छ्यापेर भाग्यो। उनी चिच्चाउन थालिन्। छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै पानी खन्याउन थाले। त्यसपछि शारीरिक एवं मानसिक चोटले गम्भीर बनेकी विन्दवासिनी न्याय प्राप्तिको लडाइँमा अनवरत लडिरहिन्। 

अव सरकारलाई झक्झकाउने ठाउँमा पुगेकी कंशाकार आफै न्यायका लागि ८ वर्षसम्म यत्रतत्र भौतारिइन्। तर लामो समयसम्म उनले न्याय पाइनन्। अन्ततः २ वर्षअघि पीडकलाई प्रहरीले पक्राउ गर्यो। केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैयाँ जरिवानाको फैसला भयो।

उनको अनुहारमा निकै क्षति पुगेको छ। अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन्।

ढाकाकुमार श्रेष्ठ विन्दवासिनी कशांकार

विशेष