News विदेश

जम्मु कश्मीरमा पुल भत्किँदा ४० जना घाइते

जम्मु कश्मीरमा पुल भत्किँदा ४० जना घाइते

जम्मु कश्मीरको उधमपुर जिलामा शुक्रबार फुटब्रिज (पुल) भत्किँदा करिब ४० स्थानीय घाइते भएका छन्। वैशाखी मेला चलिरहेको बेला उक्त पुल भत्किएको हो।

प्रहरीका अनुसार दिउँसो करिव २ बजे बैसाखी पर्वका क्रममा चेनानी ब्लकको बैन गाउँस्थित बेनी संगममा उक्त घटना भएको हो। उधमपुरका प्रहरी उपरीक्षक डा विनोद कुमारले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार फुट ब्रिज भत्किँदा कम्तीमा ३० देखि ४० जना घाइते भएका छन्।

दुर्घटनाका बेला पुलमुनि नुहाउने क्रममा महिला, बालबालिका र वृद्धवृद्धा घाइते भएका छन्। डा. विनोद कुमारका अनुसार दुर्घटना हुँदा पुलको माथि ठूलो संख्यामा मानिसहरु उभिरहेका थिए भने केही मानिसहरु हिँडिरहेका थिए।

दुर्घटना लगत्तै स्थानीय बासिन्दा, प्रहरी र केन्द्रीय सुरक्षा बलको सहयोगमा घाइतेहरुलाई चेनानी अस्पताल पु¥याएको थियो। 
 

विशेष