News

उपेन्द्र यादवको निस्कर्षः एमाले र जनमत पार्टीलाई तह नलगाएसम्म मुलुक सुरक्षित हुँदैन

उपेन्द्र यादवको निस्कर्षः एमाले र जनमत पार्टीलाई तह नलगाएसम्म मुलुक सुरक्षित हुँदैन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले र जनमत पार्टीलाई समाप्त नगरेसम्म मुलुकको लोकतन्त्र खतरामा परिरहने वताएका छन् ।

सप्तरीमा चुनाव हारेपछि बारा २ खाली गराएर उपचुनाव लडिरहेका यादवले पचरौतामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै यस्तो वताएका हुन।

दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक भएको उनको दावी छ। ‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ’ उनले भने–‘यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन्।’ 

यी दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवले दाबी गरे। कुनै पनि विधेयक संसद बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको भन्दै उनले एमालेलाई नागरिक्ता विधेयक रोकेको आरोप लगाए।

नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लाखौँ युवालाई अवसरबाट बञ्चित गराएको आरोप यादवले लगाए।

विशेष