News

ज्ञानेन्द्र शाहीको दावीः वैशाख १० पछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ 

ज्ञानेन्द्र शाहीको दावीः वैशाख १० पछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वैशाख १० पति पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने दावी गरेका छन्।

पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले सरकारमा रहेका पार्टीले वैशाख १० को चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएकाले त्यो चुनावको नतिजा सार्वजनिक हुनासाथ यो सरकारमाथि खतरा मडारिने वताए।

‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ,’ उनले भने ।

राजनीतिक दलका नेताहरु फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिले मुलुकलाई धरासायी बनाएको शाहीले आरोप छ। ‘हामी कुनै एउटा कक्षा फेल भयौं भने फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइदैन’ उनले भने–‘तर, यहाँ जतिपटक फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिको विकास भयो । यसले मुलुकलाई धरासायी ग¥यो र तपाईंहरुले स्पष्ट बुझ्नुस् की वैशाख १० गते पछाडी संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’

विशेष