News

चितवनमा रविको २० हजार मत घट्ने रास्वपाकै नेताको विश्लेषण

चितवनमा रविको २० हजार मत घट्ने रास्वपाकै नेताको विश्लेषण

मंसिर ४ को निर्वाचनपछिको परिस्थिती र घट्नाक्रमले वैशाख वैशाख १० गते हुने उपनिर्वाचनमा चितवनमा भने रास्वपाको १५ देखि २० हजार मत घट्ने आँकलन सुरु भएको छ। यो आँकलन अन्य पार्टी र वाहिरी ब्यक्तिको होईन, रास्वपाको कोर टिमले नै यस्तो मुल्यांकन गरेको हो।

अनावश्यक रुपमा सरकारमा टाँसिनु, नागरिक्ता विवादमा पर्नु, राहदानी प्रकरणमा प्रधानमन्त्रीको पावर लगाएर उन्मुक्ति पाउन खोज्नु, पार्टीका सांसद २ करोड घुस प्रकरणमा जाकिनु र घरदैलोका क्रममा रविले मतदाताप्रति आक्रोश देखाउनु लगाएका पछिल्ला विवाद र घट्नाका कारण चितवन–२ मा उपचुनावमा मत घट्ने आँकलन छ।

तर, मत घटेपनि चुनाव भने जितिने रास्वपाका नेताहरुको आकलन छ। एमाले र कांग्रेसले पनि यस पटकको निर्वाचनमा रविको मत घट्ने विश्लेषण गरेका छन। मंसिर ४ को चुनावमासो क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेकामा ८३ हजार ५९६ मत खसेको थियो।

रविले ४९ हजार ३०० मतसहित जितेका थिए। कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए। 

यस पटक खास गरी ढाकाकुमार श्रेष्ठ अडियो प्रकरण र सत्तामा जान मरिहत्ते गरेको आरोपको जनतालाई जवाफ दिँदै हिँड्नु परेकोले रास्वपा पनि ढुक्क छैन।
 

विशेष