News

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने असई रंगेहात पक्राउ

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने असई रंगेहात पक्राउ

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने सिरहाका एक जना असई पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित ईलाका प्रहरी कार्यालय, मिर्चैयाका असई सचिनकुमार भदैसवारलाई पक्राउ गरेको हो।

इप्रकाको मुद्दा शाखामा कार्यरत भदैसवारले जाहेरी दर्ता गर्न घुस मागेका थिए । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले उनलाई पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनको साथबाट ९ हजार रुपैयाँ बरामद गरेको छ । उनी अहिले अख्तियारको हिरासतमा छन् । अख्तियारले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।
 

विशेष