News

गगन थापा र विश्वप्रकाश शर्मालाई नयाँ वर्षमा यसरी बनाईयो ट्रोल

गगन थापा र विश्वप्रकाश शर्मालाई नयाँ वर्षमा यसरी बनाईयो ट्रोल

नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा यतिवेला सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन्।

महामन्त्री शर्मा, थापा र बीचमा आरजु देउवाको फोटोमा ‘देबर बाबु’ लेखिएको पोष्टर बनाएर ‘नेपाली कथानक चलचित्र देउवर बाबु’ लेखिएको सामग्री अहिले सञ्जालमा तिव्र रुपमा शेयर भईरहेको छ।

कांग्रेस सुधार्ने घोषणा गरेका महान्त्रीहरुलाई आरजुले घुमाईरहेको आरोप लागिरहेका वेला यसरी आएको सामग्रीका कारण उनीहरु ट्रोल वनेका हुन। 

तर, महामन्त्री शर्माले भने आफूहरुसहितको ट्रोल शेयर गर्दै लोकतन्त्रमा व्यंग्यलाई स्वीकारिने बताएका छन् । ट्रोल शेयर गर्दै उनले व्यंग्यलाई कसैले पनि नराम्रो लिन नहुने बताएका छन् ।

‘व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ । यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् ।’

शर्माले नववर्ष २०८० को दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता व्यक्त गरेका छन् ।

गगन थापा विश्वप्रकाश शर्मा

विशेष