News

नयाँ वर्षको नाचगान हेर्न गएका प्रेमी प्रेमिका यसरी मृत भेटिए

नयाँ वर्षको नाचगान हेर्न गएका प्रेमी प्रेमिका यसरी मृत भेटिए

सिफ्टीको हुली दागडामा लाग्ने विसु पर्वको गञ्जा (नाचगान) हेर्न गएका प्रेमी–प्रेमिका एकै ठाउँमा मृत भेटिएका छन्। १५ चैत्रदेखि सुरु भएको नाचगान हेर्न बुधबार राति सँगै देखिएका उनीहरु दार्चुलाको नौगाड गाउँपालिका–४ बौला सल्याणनजिकै मृत भेटिएका थिए।

विहिवार मृत भेटिएका नौगाड गाउँपालिका–४ घोपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना र नौगाड गाउँपालिका–४ डाडाकी सञ्जिला धामी प्रेमी प्रेमीका रहेको खुलेको छ। घट्नास्थलमा फेला परेको सञ्जिलाको मोवाईलबाट प्रहरीले उनीहरु प्रेमी प्रेमीका रहेको पत्ता लगाएको हो।

सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा र त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको थियो। एउटै उमेर समूहका उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन। प्रहरीका अनुसार युवतीको भन्दा करिब ४०÷५० मिटर पर भिरमा युवकको शव अड्किएको अवस्थामा भेटिएको थियो। 

घटनास्थलमा दुइटा मोबाइल फोन फेला परेका छन्। प्रहरीका अनुसार युवकको मोबाइल फुटेको अवस्था छ। उनले आफ्नो मोबाइलमा चार्ज नहुँदा साथीको मोवाईल मागेर ल्याएको पाईएको छ। युवतीले प्रयोग गर्ने मोबाइलमा भने उनीहरुले सँगै खिचेको फोटो तथा उनीहरु प्रेममा रहेको खुलाउने सामग्रहीहरु फेला परेको छ। 

 मोबाइलसँग सम्बन्धित दीपेन्द्रका साथीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। मृतक सञ्जिला दिदीको घर बझाङमा बसेर कक्षा ९ मा पढ्थिन्। कक्षा ९ को परीक्षा सकेर उनी चैत १६ गते घर फर्किएको तथा दार्चुलामा कक्षा १० मा पढ्ने दिपेन्द्र एसइई दिएर चैत्र २६ गते घर फर्किएको पाईएको छ।
 

विशेष