News

साथीसँग खेल्न जाँदै गरेका बालक सेती खोंचमा खसे, प्रहरी खोचमा छिर्नै सकेन

साथीसँग खेल्न जाँदै गरेका बालक सेती खोंचमा खसे, प्रहरी खोचमा छिर्नै सकेन

साथीसँग खेल्न गएको पोखराका एक बालक सेती खोंचमा खसेका छन् । पोखरा ८ नागढुंगाका १२ वर्षीय स्मिथ पराजुली सेती खोंचमा खसेको प्रहरीले जनाएको छ।

साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा उनी खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । 

पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको केसीको भनाई छ। 

दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य गरिरहेको छ । भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीको भनाई छ।
 

विशेष