News

महेश वस्नेत भन्छन्– रवि लामिछाने मयुरको प्वाँख टाँसेको कौवा हो

महेश वस्नेत भन्छन्– रवि लामिछाने मयुरको प्वाँख टाँसेको कौवा हो

एमाले नेता महेश बस्नेतले आगामी उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने हार्ने दावी गरेका छन्। 

शनिबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेकाले उनले चुनाव हार्ने दावी गरे।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा उनलाई हराउने नेता बस्नेतको भनाइ छ । 

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन्’ उनले भने–‘त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ।’

विगतमा एमाले नेता कृष्णभक्त पोखरेलले राम्रो काम गरेका र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने युवाहरुको बीचमा लोकप्रिय रहेकाले आफूहरुले जित्ने बस्नेतको दाबी छ ।

उपनिर्वाचनका लागि चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसहित २६ उम्मेदवारले प्रतिस्पर्धामा सहभागी भएका छन् ।
 

विशेष