News विदेश

बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी, हजारौं पसल खरानी

बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी, हजारौं पसल खरानी

बंगलादेशको राजधानी ढाकामा शनिवार विहान भिषण आगलागी भएको छ। एक सपिङ सेन्टरमा भएको आगलागीमा हजारौं पसल जलेका छन्।

‘न्यूमार्केट र ढाका कलेजको बीचमा रहेको सपिङ सेन्टर ‘न्यू सुपरमार्केट’ को दोस्रो तलामा बिहान करिब पौने ६ बजे आगलागी भएको थियो। आगो अन्य तलामा पनि तिव्र गतिमा फैलिएको संचार माद्यमहरुले वताएका छन्।

आगो निभाउन सेना, नौसेना र वायुसेनाको टोलीले परिचालन गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार आगो नियन्त्रणका लागि ‘बोर्डर गार्ड बंगलादेश’ को १२ प्लाटुन र २८ वटा दमकल परिचालन गरिएको थियो।

आगलागीको कारण खुल्न नसकेको र हालसम्म कुनै मानवीय क्षति नभएको दमकलका सहायक उपनिर्देशक शाहजहान सिकदारले बताए। ग्यास सिलिन्डर पड्केर, खराब वातानुकूलित र खराब विद्युतीय तारका कारण भवनमा आगलागी र विस्फोट भई बंगलादेशमा निकै आगलागी हुने गरेको छ।

गत महिना मध्य ढाकाको एक बजारमा भएको विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो। ग्यास लाइनमा भएको गडबडीले उक्त विस्फोट भएको थियो।
 

विशेष