News

नयाँ वर्षको कार्यक्रममा भागदौड मच्चिँदा इलाममा एक दर्जन बढी घाइते

नयाँ वर्षको कार्यक्रममा भागदौड मच्चिँदा इलाममा एक दर्जन बढी घाइते

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदौड हुँदा इलाममा दर्जन वढि ब्यक्ति घाईते भएका छन्। इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिएको थियो।

सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिएको थियो। घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई छन्।

यसैगरी फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई पनि घाईते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाको बारेमा जानकारी लिएका छन् । 
 

विशेष