News

प्रबल जनसेवाश्री चतुर्थ पदक थापेपछि किर्तिमानी आरोही पूर्णिमाको गुनासो

प्रबल जनसेवाश्री चतुर्थ पदक थापेपछि किर्तिमानी आरोही पूर्णिमाको गुनासो

राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक’ थापेकी किर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ खुसी हुनुको सट्टा दुखी भएकी छिन्। राष्ट्रिपति कार्यालयमा गरिएको ब्यवहारका कारण उनको मन कुँडिएको छ।

छोरीले पदक थापेको हेर्न गोरखाको आरुघाटबाट धाएर आएका बुबालाई राष्ट्रपति कार्यालयमा छिर्न नदिएकोमा उनले गुनासो गरेकी छिन। बुबालाई गेट बाहिर राखेर पदक पाएकोमा मन अमिलो भएको श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेखेकी छिन् ।

‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो। यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनु भयो तर मसँगै जानु भएको बुबालाई गेटबाट भित्र जान दिएन र निराश हुँदै फर्किनुभयो। यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो थियो।’– उनले लेखेकी छिन्।

८ हजार मिटर माथिका सगरमाथा, मनास्लु र आमादब्लमसहित ७ वटा हिमालको सफल आरोहण गरेकी श्रेष्ठले अन्नपूर्ण हिमालको सफल आरोहण गरेर किर्तिमान बनाएकी हुन् । पत्रकारसमेत रहेकी श्रेष्ठले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण गरि कीर्तिमान कायम गरेकी हुन।

फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिला अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरेका थिए।
 

पूर्णिमा श्रेष्ठ

विशेष