News राजनीति

ज्ञानेन्द्र शाहीको घोषणा र देउवाको छटपटीः कति दिन टिक्छ प्रचण्ड सरकार ?

ज्ञानेन्द्र शाहीको घोषणा र देउवाको छटपटीः कति दिन टिक्छ प्रचण्ड सरकार ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले शुक्रबार पोखरा पुगेर बैशाख १० गतेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा पर्ने घोषणा गरे। सत्ता गठवन्धनमा रहेका दलहरु उपचुनाव पर्खेर मौन वसेको वताउँदै उनले चुनाव लगत्तै सरकार ढल्ने दावी गरे।

‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ,’ उनले भने।

सत्ता चलाईरहेका अधिकांश दलका शिर्ष नेताले वर्तमान गठवन्धन ५ वर्ष चल्छ भन्दै डिंगा हाकिरहेका वेला ज्ञानेन्द्र शाहीले यस्तो टिप्पणी गर्दा धेरैले ‘नेताले वोल्ने यस्तै हो’ भनेर सामान्य रुपमा उडाए। तर, सत्ता गठवन्धनको प्रमुख दल नेपाली कांग्रेसको भनाई र गराई हेर्दा ज्ञानेन्द्र शाहीको भनाई सत्यमा आधारित रहेको विश्लेषण हुन थालेको छ।

सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायतको बोली र ब्यवहार हेर्न हो भने सरकारको भविष्यलाई लिएर कांग्रेस भित्र कुनै खिचडी पाकिरहेको सहजै अनुमान गर्न सकिन्छ। ८९ सिटसहित संसदमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसाई ३२ सिट रहेको तेस्रो दलले सरकारमा नेतृत्व गरिरहेको छ।

प्रधानमन्त्रीका लागि गठवन्धन समेत मायाँ मार्न तयार भएका देउवा अहिले सरकार वाहिर छन्। त्यसैले पुष्पकमल दाहाललाई कुर्षीमा वसाएर आफु टुलुटुलु हेरेर वस्नु परेको कुन्ठा उनीभित्र देखिएको छ। त्यो कुन्ठा उनले चैत २८ गते नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशन उदघाटनका क्रममा ब्यक्त गरे।

‘आज हाम्रो पार्टी सरकारमा छ। अब सरकारको नेतृत्व गर्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो’ भन्दै उनले सरकारको नेतृत्व कांग्रेसले नै गर्ने सम्भावना देखाएका छन्। अर्कोतर्फ महामन्त्री गगन थापाको हुटहुटी उस्तै छ। 

उनले प्रधानमन्त्रीलाई ‘किन यति फुर्सद?’ भन्दै थर्काउन भ्याईसके। ‘हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ? उद्घाटन, शिलान्यास र भाषणमा समय व्यतित गरिरहनु भएको छ। म चकित परिरहेको छु। प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन। प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ । टिमलाई चलाएर अघि बढ्नुपर्छ।’ भन्दै उनले शुक्रबारको प्रतिनिधि सभाको बैठकमै दाहालको आलोचना गरे।

उनी खुलेआम कांग्रेसले ५ वर्ष सरकारको नेतृत्व गर्ने वताईरहेका छन्। ‘पाँच वर्ष देशको सरकार कसले चलाउने ? कांग्रेसले चलाउने। प्रदेश र स्थानीय सरकार हामीले चलाउने। अब कसैलाई दोष दिएर पन्छिन पाइन्न। परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौं।’– उनी भन्छन्।

कांग्रेस नेताहरूका यस्ता अभिब्यक्ति र ब्यवहारले स्वयम् प्रधानमन्त्री समेत ढुक्क छैनन्। कांग्रेसको जिम्मेवार व्यक्ति सभापति र महामन्त्रीले सरकार परिवर्तनको विषयमा अभिव्यक्ति दिएपछि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँगको छलफलमा उनले स्थिति सहज नभएको बताई सके।

‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण अहिलेको उपलब्धि उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ गठबन्धन भत्किनसक्ने तर्फ संकेत गर्दै उनले भने, ‘सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ।’

प्रधानमन्त्री समेतले यस्तो वताएपछि माओवादीका नेताहरु कांग्रेसले कुन वेला हात झिक्ने हो ? भन्ने त्रासमा छन्। कांग्रेसले विगतमा पनि धोका दिएका उदाहरण ताजै छन्। कांग्रेसकै योजना अनुसार पुरानो गठवन्धन ब्युँताएर राष्ट्रपति कांग्रेसलाई दिएका दाहाल अहिले कांग्रेसकै कारण धर्म संकटमा परेका छन्।

प्रधानमन्त्री सुनिश्चित गर्न राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख त्यागेका दाहाल पुनः संकटमा देखिएका छन्। माओवादी केन्द्रलाई कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने डर छ। अहिलेको गठबन्धन दलबीच दुई वर्ष दाहालले सरकारको नेतृत्व गरेपछि बीचको एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री दिने सहमति छ। त्यसपछि मात्रै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएकाले अझै तीन वर्ष कुर्न नसक्ने परिस्थितमा कांग्रेस पुगेको माओवादीका नेताहरु वताउँन थालेका छन्।

ज्ञानेन्द्र शाही शेरबहादुर देउवा गगन थापा

विशेष