News

वर्षमानकी आमामाथि गोली प्रहार गर्ने प्रहरी हवलदार पक्राउ

वर्षमानकी आमामाथि गोली प्रहार गर्ने प्रहरी हवलदार पक्राउ

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ। गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्। 

कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे ९ उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

वर्षमानकी आमा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको गोडामा गोली लागेको छ। ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

स्रोतका अनुसार प्रकाश नेता पुनका नातेदार र रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । 
 

विशेष