News विदेश

जापानका प्रधानमन्त्री किसिदाले सम्बोधन गरिरहेको कार्यक्रममा बम विस्फोट

जापानका प्रधानमन्त्री किसिदाले सम्बोधन गरिरहेको कार्यक्रममा बम विस्फोट

जापानका प्रधानमन्त्री फुमियो किसिदाले सम्बोधन गरिरहेको एउटा कार्यक्रममा वम विस्फोट भएको छ । कार्यक्रम स्थलमा स्मोक बम विस्फोट भएको हो।

प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले सुरक्षित निकालेका छन् भने एक व्यक्ति गिरफ्तार भएका छन्। जापानका सञ्चारमाध्यमहरूबाट आएका समाचारहरुका अनुसार देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो।

टेलिभिजन फुटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ। एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ। 
 

विशेष