News

घाँटीमा सुँगुरको मासु अड्किएर मोरङमा एक जनाको मृत्यु

घाँटीमा सुँगुरको मासु अड्किएर मोरङमा एक जनाको मृत्यु

घाँटीमा सुँगुरको मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ।

मोरङको रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको घाँटीमा मासु अड्किएर शुक्रवार मृत्यु भएको हो।

पोलेर मासु खाँदै गरेका माझीको घाँटीमा साँझ करिव ५ बजे बंगुरको मासु अड्किएको थियो। माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए।

उपचारकै क्रममा माझीको शुक्रबार साँझ करिव ९ वजे बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

माझीको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
 

विशेष