News

कञ्चनपुरमा मलामी गएका किशोर महाकाली नदिमा बेपत्ता

कञ्चनपुरमा मलामी गएका किशोर महाकाली नदिमा बेपत्ता

कन्चनपुरमा मलामी गएका एक किशोर महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमाल महाकालीमा बेपत्ता भएका हुन्।

दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा किशोर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता किशोरको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले बताए।

सशस्त्र प्रहरीको खोज तथा उद्धार टोली र इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले किशोरको खोजि गरिरहेको छ। 

विशेष