News

विरामी परे एमाले अध्यक्ष ओली, किन लगिएन अस्पताल ?

विरामी परे एमाले अध्यक्ष ओली, किन लगिएन अस्पताल ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन्। यद्यपी उनलाई अहिलेसम्म अस्पताल भर्ना गरिएको छैन।

सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै ओलीले आफू विरामी परेको जानकारी दिएका छन्। आफुलाई भाइरल ज्वरो आएको उनले वताएका छन्।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’– ओलीले फेसबुकमा लेखेका छन्। अस्वस्थताका कारण  बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।

‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन’ उनले लेखेका छन्–‘तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु।’

अध्यक्ष ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण गरिएको छ। त्यसैले सामान्य अवस्थामा पनि उनको स्वास्थ्य अवस्थालाई सम्वेदनशिल रुपमा हेरिन्छ। यस्तो अवस्थामा पनि ओलीलाई किन अस्पताल भर्ना गरिएन भन्ने विषय अहिले चासोको विषय भएको छ।

विशेष