News

सांसदबाट हटाउने निर्णय विरुद्ध पुनरावेदनमा ढाकाकुमार

सांसदबाट हटाउने निर्णय विरुद्ध पुनरावेदनमा ढाकाकुमार

सांसदसहित साधारण सदस्य समेत नरहनेगरी पार्टीले गरेको कारवाही विरुद्ध रास्वपाका नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन् ।

पार्टीको निर्णय विरुद्ध श्रेष्ठ आइतवार पुनरावेदनमा गएका हुन्। कारबाही घोषणाका क्रममा सभापति रवि लामिछानेले पनि ढाकालाई पुनरावेदन सुविधा हुने बताएका थिए। 

केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट पनि निष्कासित गरेपछि त्यसविरुद्ध सफाइका लागि उनी रास्वपा पुनरावेदन समितिमा गएका हुन। विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा पुनरावेदन समितिमा छन्। 

यसअघि डा. भरतमणि देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा उनले लिखित स्पष्टीकरण बुझाएका थिए। त्यसपछि उनलाई समितिका संयोजक डा. देवकोटा र सदस्यहरु रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपानेसहितले १ घण्टा बयान पनि लिएका थिए। 

त्यही समितिको सिफारिसका आधारमा रास्वपाले श्रेष्ठको सांसद पद खोस्दै पार्टीबाट पनि निष्कासन गरेको थियो। 
 

विशेष