News

रवि लामिछानेका सेनाद्वारा युवराज सफलमाथि हातपात, यसरी भगायो प्रहरीले

रवि लामिछानेका सेनाद्वारा युवराज सफलमाथि हातपात, यसरी भगायो प्रहरीले

रवि लामिछानेविरुद्ध मुद्दा हालेका युवराज सफल (पौडेल) विरुद्ध आईतवार टेकुस्थित काठमाडौं प्रहरी परिसरमै हातपात भएको छ। परिसरमा पुगेका पौडेललाई युट्युबर र सामाजिक अभियान्ता भन्ने हुलले घेरेर हातपात गरेको हो।

रवि लामिछानेविरुद्ध मुद्दा हालेको भन्दै तथानाम गाली गरेका युट्युबरसहितको झुण्डले युवराजलाई प्रहरीकै अगाडि बारम्बार हातपात गरेको थियो। ‘आफूहरूलाई पैसा खाएको आरोप लगाएको’ भन्दै उनीहरूले युवराजलाई ¥याख¥याख्ती पारे।

युवराज भने प्रहरीमा काम सकेर फर्केने क्रममा त्यसको जवाफ दिने भन्दै तर्किन खोजिरहेका थिए। तर, उनी झुण्डले उनलाई उम्किने मौका नै दिएन। रवि लामिछानेसँग आफूहरुलाई जोडेर दुष्प्रचार गरेको भन्दै उनीहरु युवराजमाथि जाइलागे।

सामाजिक अभियन्ता भन्ने नरनाथ गौतमले युवराजलाई पटक पटक भौतिक आक्रमणको प्रयास गरे। युवराजमाथि ठुलै आक्रमण हुने सम्भावना वढेपछि प्रहरीले उनलाई उद्वार गरेको थियो।

अन्यमा प्रहरीले नै ट्याक्सीमा राखेर युवराजलाई घर पठाएको जनाईएको छ। 

युवराज सफल

विशेष