News

परराष्ट्रमन्त्री साउदलाई भारतीय विदेश मन्त्रीको बधाई

परराष्ट्रमन्त्री साउदलाई भारतीय विदेश मन्त्रीको बधाई

भारतीय विदेश मन्त्री एस.जयशंकरले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदलाई शुभकामना तथा बधाई दिएका छन् । 

कांग्रेसका नेता साउद आइतबार पराष्ट्रमन्त्रीमा नियुक्त भई पदभार समेत ग्रहण गरेका छन् । लगत्तै विदेश मन्त्री जयशंकरले साउदलाई बधाई दिएका हुन् । उनले दुई देशको बहुआयामिक साझेदारीलाई बलियो बनाउन मिलेर काम गर्न तत्पर रहेको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा समेत मन्त्री साउदलाई बधाई दिएका छन्। आजै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटेर बधाई तथा शुभकामना दिइसकेका छन् । 

विशेष