News खेल

एमबाप्पेले बनाए सर्वाधिक गोलकर्ताको किर्तिमान, लेन्सलाई हराउँदै पीएसजी विजयी

एमबाप्पेले बनाए सर्वाधिक गोलकर्ताको किर्तिमान, लेन्सलाई हराउँदै पीएसजी विजयी

केयलिन एमबापे शनिबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । फ्रान्सेली लिग वानमा लेन्सलाई हराउन गरेको गोलका कारण उनले किर्तिमान वनाएका हुन।

उनको कीर्तिमानी गोलको मदतले पीएसजीले दस खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हरायो । यो जितले पीएसजी शीर्ष स्थानमा पाँच अंकले अगाडि रह्यो । एमबापेले ३१ औं मिनेटमा गोलको खाता खोले र यो उनको १ सय ६९ लिग खेलमा १ सय ३९ औं गोल हो ।

यस क्रममा उनले एडिसन कभानीलाई उछिनेका हुन् । पीएसजीको ३१ खेलबाट ७२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लेन्स समान खेलबाट ६३ अंकमै रह्यो । 

लिगको शीर्ष २ बीचको महत्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९औँ मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो। पीएसजीका लागि ३७औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे। ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे। 

गएरातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३–० गोल अन्तरले नै हराएको छ। 
 

विशेष