News

स्थायी नियुक्ति लिएर विद्यालयमा हाजिर भएकै दिन प्रधानाध्यापक...

स्थायी नियुक्ति लिएर विद्यालयमा हाजिर भएकै दिन प्रधानाध्यापक...

पाँचथरमा स्थायी नियुक्ति लिएर विद्यालयमा हाजीर भएकै दिन एक शिक्षक प्रधानाध्यापक भएका छन्। हिलिहाङ गाउँपालिका ३ साम्रे आधारभूत विद्यालय व्यवस्थापन समितिले हाजीर भएकै दिन शिक्षक विरेन्द्र सुहाङलाई प्रधानाध्यापक बनाएको हो।

२९ चैतमा गाउँपालिकबाट नियुक्तिपत्र बुझेका सुहाङ ३० गते विद्यालयमा हाजीर भए। वडाअध्यक्ष र ब्यवस्थापन समितिले उनलाई प्रधानाध्यापक बनाउने निर्णय गरे। हिलिहाङ ३ का वडा सदस्यसमेत रहेका व्यवस्थापन समिति अध्यक्ष केशर माङयुङ र समितिका पदेन सदस्य वडा नम्बर ३ का अध्यक्ष विरेन्द्र योङहाङसहितका व्यवस्थापन समितिका पदाधिकारीले सुहाङलाई प्रधानाध्यापकको जिम्मेवारी दिएका हुन ।

तत्कालीन प्रधानाध्यापक रुद्र भुर्तेलले राजीनामा दिएपछि खाली रहेको पदमा हाजिर भएकै दिन सुहाङलाई नियक्त गरेपछि विवाद सुरु भएको छ।

स्थानीय राजनीतिक दलका नेताहरुले यसको विरोध गरेका छन्। एमाले नेतृत्वमा रहेका जनप्रतिनिधिले विद्यालयमा राजनीतिकरण गर्न खोजेको उनीहरुको आरोप छ । शिक्षा तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले विद्यालयमा पूर्ववत रुपमा कार्यरत स्थायी र वरिष्ठ शिक्षकले इच्छा राख्दाराख्दै नवनियुक्तलाई प्रधानाध्यापक तोक्नु गलत भएको टिप्पणी गरे ।
 

विशेष