News

काठमाडौं उपत्यका यसरी बन्यो विश्वको पहिलो प्रदुषित सहर

काठमाडौं उपत्यका यसरी बन्यो विश्वको पहिलो प्रदुषित सहर

देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएसँगै बायु प्रदुषण वढेको छ। वातावरण विभागका अनुसार डढेलो र प्रदूषणका स्थानिय स्रोतका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको पाइएको छ ।

बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको विभागले जनाएको छ। बायु प्रदुषण वढ्दै जाँदै काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाडौं सूचीमा पहिलो बनेको हो। 

विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर थियो। वायुको गुणस्तर सूचकांक (एक्युआई) मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको हो।

काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन्। जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो। देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको मानिएको छ। 
 

वायु प्रदुषण प्रदुषित शहर

विशेष