News

जनकपुरमा भएको साम्प्रदायिक तनावलाई लिएर जनमत विभाजित

के मन्दिरमा शंख, घण्टी बजाउँन पनि मुस्लिम आयोगको अनुमति लिनु पर्ने हो ?

जनकपुरमा भएको साम्प्रदायिक तनावलाई लिएर जनमत विभाजित


रामनवमीका दिन शोभा यात्रा निकाल्ने क्रममा जनकपुरमा भएको साम्प्रदायिक तनावलाई लिएर जनमत विभाजित हुन थालेको छ। कारवाहीका नाममा मुस्लिम आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेपछि यो विषय झनै पेचिलो भएको हो।

विश्व हिन्दु महासंघले रामनवमीको अवसरमा बुधवार निकालेको शोभा यात्राका क्रममा जानकी मन्दिर पछाडि रहेको मस्जिद नजिकै हंगामा भएको थियो। शोभा यात्राका क्रममा आक्रामक नारा लागेपछि मुस्लिम समुदायका ब्यक्तिहरु पनि एक जुट भएका थिए।

झडपको अवस्था आउन लागेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । भागाभागमा केही ब्यक्ति घाईते पनि भएका थिए। 

सोही विषमा मुस्लिम आयोगले गृहमन्त्रालयलाई पत्राचार गरी साम्प्रदायिक सौहाद्र्रता विगार्न खोज्ने दोषीलाई कारवाही गर्न माग गरेको छ। ‘¥यालीमा केही व्यक्तिहरु प्रवेश गरी मुस्लिम समुदायको पवित्र महिना रमजानको समयमा नवाज पढिरहेको अवस्थामा नारा, जुलुस गरी ढुंगा प्रहार समेत गरेको विषय सामाजिक सञ्जालमा समेत देखिएकोले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पार्ने अभिप्रायले भएको उक्त कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानून बमोजिम आवश्यक कारबाही हुन आदेशानुसार अनुरोध छ ।’– आयोगको पत्रमा भनिएको छ।

यस लगत्तै विश्वहिन्दु परिषदले प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगले हिन्दू समाज विरुद्ध अफवाह फैलाएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ– ‘श्रीराम नवमीको अवसरमा जानकी मन्दिर परिक्रमा पथमा निकालिएको शान्तिपूर्ण -यालीमा अवरोध पुयाउने कट्टर मुस्लिमहरुको बचावमा मुस्लिम आयोगले हिन्दू समाजलाई बदनाम गर्ने नियतले अफवाहमुलक विज्ञप्ति जारी गर्नु घोर निन्दनीय एवं राज्यशक्तिको दुरुपयोग हो ।

मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि ढुङ्गामुढा गरिएको गलत तथ्य सहितको विज्ञप्ति जारी गरेर आफ्नो कट्टर जिहादी मानसिकता दर्साएको विज्ञप्तिमा उल्लेख छ । ‘मस्जिद अगाडी शोभायात्राले जय श्रीरामको नारा लगाउदै जान खोज्दा जिहादी मानसिकताका मुस्लिम व्यक्तिहरुले अवरोध गरेका थिए’ अगाडि भनिएको छ–‘यद्यपी, श्रद्धालुहरुले शान्तिपूर्ण रुपले शोभायात्रा निकाल्ने प्रयास गरेका थिए । शोभायात्रालाई मुस्लिमहरुले सो बाटो भएर जान नदिएको तथ्य सामाजिक सञ्जालमा आएका भिडियोहरुमा प्रष्ट देखिएको छ ।’

पटक पटक हिन्दूहरुको पर्वमा अवरोध खडा गर्ने जिहादीहरुलाई कानुनी कारवाही गर्नुको साटो पक्षपोषण एवं संरक्षण गर्ने मुस्लिम आयोगलाई समय मै खारेज गरी देशमा अमन चयन कायम गर्न विश्व हिन्दू परिषद् नेपालले ध्यानाकर्षण गराएको छ।

आयोगको विज्ञप्तिपछि जनकपुर स्थित हिन्दु धर्मावलम्वीहरुले ‘जानकी मन्दिरको पछाडि भागको पर्खालमा कालो रंगले पोतेर कसले राखेको हो ?’ भन्दै त्यस विषयमा वहस हुनुपर्ने बताएका छन्। उनीहरु भन्छन्–‘के मन्दिरमा शंख, घण्टी बजाउँन पनि अव हरेक दिन मुस्लिम आयोगको अनुमति लिनु पर्ने हो ?’

विशेष