News

हर्क साम्पाङ र बालेन्द्रलाई छाडा साँढे भनेपछि...

सांसदलाई धरान पस्न नदिने मेयर हर्क साम्पाङको चेतावनी

हर्क साम्पाङ र बालेन्द्रलाई छाडा साँढे भनेपछि...

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शनिवार एउटा ट्वीट गर्दै माननिय (सांसद) हरुलाई धरान प्रवेश गर्न नदिने घोषणा गरे । कोशीको पानी धरान ल्याउने आफनो योजनामा सरकारले वजेट नछुट्याए तीनकुनेमै फोटोसहितका बोर्ड राख्ने र धरान पस्न नदिने उनको चेतावनी छ।

‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्युहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मे बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला !’ उनले ट्वीटरमा लेखेका छन– ‘यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु ।’

उनको यो धम्कीलाई काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि समर्थन गरेका छन् । उनी भन्छन्–‘पूर्ण समर्थन, गर्ने नै यही हो।’ बालेन्द्रले यति लेखेपछि हर्कले त्यसलाई स्कृनसर्ट गरेर धन्यवाद दिएका छन्।

यता, हर्क र बालेन्द्रको गतिविधि नियालीरहेकाहरुले भने यस्को तिव्र आलोचना गरेका छन् । रन्जित तामाङ नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्–‘यस्तो थोत्रे र गएगुज्रेको बिचार के गरी आउँदो रहेछ कुन्नि ? सांसदले कानून बनाउने काम गर्छ । विकास निर्माणको काम कि संघ र प्रदेशको कार्यकारिणीले गर्छ, कि स्थानीय तहले गर्छ । विधायकी जिम्मेवारीको जनप्रधिनिधीलाई विकास बजेट दिइनस् भने देखाउँछु भन्ने टाइपको तर्क ! थुइक्क ।’

मि–नेपाल नामका ट्वीटर प्रयोगकर्ताले त मेयर साम्पाङले श्रम संस्कृतिका नाममा धराने जनतालाई जंगली बनाएको आरोप समेत लगाएका छन्। उनले लेखेका छन्–‘नालायक दाजै ! अनि पाइपमा सुतेर इन्स्टन्ट गरेर अव थाक्यो? मुर्ख धरानेलाई श्रम संस्कृतिको नाममा कति जङगली बनाउछौ, आधुनिक उपकरण को उपयोग गर, बिकास तिब्र गतिमा गर, आन्तरिक कर उठाउ, त्यसैले बिकास गर !’

यसैगरी, सागर– श्रमिकले निर्दलीय मेयर छाडा साँढे जस्तै भएको भन्दै आलोचना गरेका छन्। ‘जिम्मेवार पदमा बहाली हुँदा पनि उदण्ड चरित्र देखाउन यस्तो प्रवृत्तीबाट जोगिन पनि निर्दलिय होईन दलिय जनप्रतिनिधि नै चाहिन्छ’ उनले लेखेका छन्–‘आखिर हर्क वा बालेनको ठाँउमा ढाकाराम पनि त हुन सक्छ? दलमा भए कार्वाही हुन्छ। निर्दलियहरुले त छाडा साँढे झै बनेर हिडे पनि कस्को के लाग्छ र?’

हर्क साम्पाङ बालेन्द्र साह

विशेष