News

प्रधानमन्त्री दाहालद्वारा बालकोटमा बोलाईएको वैठक वहिस्कार

प्रधानमन्त्री दाहालद्वारा बालकोटमा बोलाईएको वैठक वहिस्कार

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकोटमा आयोजित सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत संसदमा विचाराधीन विधेयकबारेको वैठक वहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेको पहलमा आज विहान ९ बजेका लागि बोलाईएको प्रमुख तीन दलका नेताहरुको वैठक दाहालले वहिस्कार गरेका हुन। दाहान अनुपस्थित भएपछि वैठक बस्दैनबसी स्थगित भएको छ । यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो । 

दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा पनि वैठकमा अनुपस्थित भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र काङ्ग्रेस सभापतिसहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो’, बर्तौलाले भने,‘ बैठक भनेर सभामुखसहित हामीहरू सबै जना समयमै बालकोट पुगेपनि प्रधानमन्त्री र कांग्रेस सभापति आउनुभएन र बैठक बस्न सकेन ।’ 

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ९ बजेर २० मिनेटमा बैठक बस्न नसक्ने भनेर जानकारी गराएको सचेतक बर्तौलाको भनाइ छ। तर प्रधानमन्त्रीको सचिवालयले भने बालकोटमा बैठक राखेकोबारे अनभिज्ञता प्रकट गरेको छ । ‘बालकोटमा बैठक राखेकोबारे हामीलाई जानकारी छैन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सभामुखसहितको बैठक यसअघि बालुवाटारमा नै बस्ने गरेको मात्र थाहा थियो ।’

एमाले सचेतक बर्तौलाले संसदमा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माण लगायत  विषयमा शीर्ष नेताहरूबिच छलफल गरेर सहमतिमा अघि बढ्नुपर्ने भए पनि सत्तापक्षले बेवास्ता गरिरहेको गुनासो गरे । 

यसअघि सभामुख घिमिरेले गत चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा शीर्ष नेतासँग छलफल गरिसकेका छन्। 

विशेष