सराव घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सिआईवीले लियो वयान

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालसँग भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले बयान लिएको छ ।
मदिरा प्रकरणमा आइतबार सीबीआईले उनीमाथि बयान लिएको हो । यही प्रकरण सीबीआईले यसअघि नै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई पक्राउ गरिसकेको छ ।
केजरिवाललाई सीबीआईले बोलाएपछि आम आद्मी पार्टी (आप)का विधायक तथा कार्यकर्ताहरूले केन्द्र सरकारविरुद्ध नाराबाजी गरेका थिए । यही क्रममा दिल्ली प्रहरीले आपका तीन जना विधायकसहित केहीलाई गिरफ्तार गरेर हिरासतमा लिएको छ।
यस अघि केजरिवाल राजघाट गए। त्यसपछि उनले ट्वीटरमा लेखे–‘म बापूले देखाएको बाटोमा छु, अन्याय र अत्याचार विरुद्ध हामी सत्यको वाटोमा छौं। अन्त्यमा जित सत्यको नै हुन्छ।’
केजरीवालसँग यस विषयमा पहिलो चोटी बयान लिईएको हो। केजरीवालको निवासमा प्रहरीको सुरक्षा वढाईएको छ।