News

संसद वैठकमा प्रधानमन्त्री हराएको सूचना जारी भएपछि...

संसद वैठकमा प्रधानमन्त्री हराएको सूचना जारी भएपछि...

आजको प्रतिनिधि सभा वैठक संचालन भईरहेका वेलमा माईकमा एकाएक प्रधानमन्त्री हराएको सूचना जारी भएपछि सांसदहरु आश्चर्यमा परेका छन्।

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका हुन् ।

एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि व्यंग्य गर्दै यस्तो सुचना सुनाएका हुन।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेर सुनाए।

यस्तो छ उनको सूचना–

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम: प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना: कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

 

विशेष