News खेल

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सन्दीपसहित को को छन लिष्टमा ?

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सन्दीपसहित को को छन लिष्टमा ?

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । मंगलबारदेखि सुरु हुने प्रिमियर कपका लागि १४ सदस्यीय टोली घोषणा भएको हो।

टोलीमा यसअघि विश्वकप लिग–२ को अन्तिम शृंखला खेलेका सबै खेलाडी समावेश छन् । रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

यस्तै गुलशन झा, प्रतिस जीसी, भीम सार्की, करण केसी र ललितनारायण राजवंशी पनि नेपाली टोलीमा छन् । 

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् । देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल भने प्राम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

पहिलो खेल नेपाल र मलेसियाबीच मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरका साथैर मुलपानी क्रिकेट मैदानमा पनि हुने छ । 
 

विशेष