News

सवारी चालक दुर्घटनालाई पनि रविले गरे राजनीतिकरण

श्रीमती र चालकको समस्या देखे, आफनैबाट प्रताडितको समस्या किन देखेनन् ?

सवारी चालक दुर्घटनालाई पनि रविले गरे राजनीतिकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दुर्घटनामा परेको विषयलाई पनि राजनीतिकरण गरेका छन्। दुःखको घट्नालाई राजनीतिकरण नगर्न भन्दै उनी स्वयमले यसको प्रचार गरेका छन्।

लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर स्थिर रहेको जानकारी दिँदै यस्तो वताएका हुन। कतिपय युट्युव च्यानलले ‘सीसीटीभी फुटेज हेर्दा शम्भुलाई कसैले हुत्याईदिए जस्तो देखिएको’ वताउन थालेपछि लामिछानेले हतार हतार यस्तो प्रतिक्रिया जनाएका हुन।

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गईरहेको उपचुनावमा उम्मेदवार समेत रहेका लामिछानेले स्वर्गिय पत्रकार शालिकराम पुडासैनीसँग जोडेर प्रचार भए चुनाव हार्ने सम्भावना वढेपछि उनले हतार गरेर प्रतिक्रिया जनाएको धरैले अनुमान गरेका छन्। यो घट्नाबाट उनले सहानुभूति बटुल्ने प्रयास गरेको उनीहरुको भनाई छ।

लामिछाने आफुमाथि पर्दा हतारिने तर, अरुलाई पर्दा चुपचाप वस्ने गरेको उनीहरुको भनाई छ। यस अघि सांसद ढाकाकुमार र मेडिकल ब्यवसायी दुर्गा प्रसाईबीच २ करोड लेनदेनको विषयमा लामिछानेकी श्रीमती निकिता पौडेलका विषयमा पनि उनले फेसवुकमा तत्कालै प्रतिक्रिया दिएका थिए।

तर, ‘लामिछानेलाई यस पटक मत नदिने’ भनेकै कारण मानसिक तनाव खेप्न वाध्य एक किशोरीका विषयमा समेत उनले हालसम्म मुख खोलेका छैनन्। लामिछानेका साईवर सेनाले अहिले ती किशोरीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बलात्कार गर्ने देखि ज्यान मार्नेसम्मको धम्की दिईरहेका छन्।

शम्भुको विषयमा भने उनले आफुसँग भन्ने कुनै शब्दै नभएको वताएका छन् । ‘आज बिहान प्रिय  शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर  छ’, लामिछानेले भनेका छन्, ‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईँलाई भन्ने कुनै शब्दै छैन ।’

उनले आफू नेता भन्दा पहिले मानिस भएको उल्लेख गर्दै भनेका छन्, ‘म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला।’

स्तरहीन बनेर राजनीतिकरण नगर्न पनि उनले आग्रह गरेका छन् । ‘सक्नु हुन्छ भने मलाइ सहने शक्ति  मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला’, उनले भनेका छन् । 

सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका–११ को ३ तले घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

रवि लामिछाने

विशेष