वैशाख ७ गतेको सूर्यग्रहणको कस्लाई कस्तो दोष ?

वैशाख ७ गते लाग्ने सूर्यग्रहणको दोष नेपालमा नलाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
वैशाख कृष्ण औंसीका दिनको उक्त सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने जनाईएको छ। देखिदै नदेखिने ग्रहण कस्ले हेर्ने, कस्ले नहेर्ने भन्दै सवाल पनि नभएको समितीका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले वताए।
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट देखिँदैनन्। त्यसैले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई नलाग्ने उनको भनाई छ।
कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने र यसको दोष पनि लाग्ने अधिकारीले जानकारी दिए।
वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिले जनाएको छ।
सूर्यग्रहण