News

रविका ड्राईभर छतबाट खसे, मुकुलका चालक अनुसन्धानमा फसे

रविका ड्राईभर छतबाट खसे, मुकुलका चालक अनुसन्धानमा फसे

रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक छतबाट खसेर दुर्घटनामा परेको विषयमा अनुशन्धान गरिरहेको प्रहरीले महामन्त्री मुकुल ढकालका चालकलाई नियन्त्रणमा लिएको छ।

रविका सवारी चालक ३९ वर्षीय शम्भु (दिलबहादुर थापा)सँगै सुतेका मुकुलका सवारी चालक कालुराम राजवंशीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। 

सोधपुछका लागि उनलाई प्रहरी कार्यालय ल्याइएको चितवन प्रहरीका एसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले अरू व्यक्तिहरूको पनि बयान लिने तयारी गरेको छ । लामिछानेका चालक थापा सोमबार चितवनको भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।

तल्लो तलामा रवि लामिछाने, दीपक बोहोरालगायत वसेको र माथि मुकुल ढकाल र रवि लामिछानेका चालक रहेको अवस्थामा थापा छतबाट खसेका थिए। उनको टाउको र खुट्टामा चोट लागेको छ ।

उनको टाउकोको सल्यक्रिया गरिएपनि होस नआएकाले अवस्था गम्भीर रहेको जनाईएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उनको उपचार भइरहेको छ । उनको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।
 

रवि लामिछाने

विशेष