News राजनीति प्रदेश २

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस 

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस 

 

काठमाडौं- बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका सांसद् रामसहाय यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको क्षेत्रमा यहि वैशाख १० गते उपनिर्वाचन हुँदैछ। उक्त उपनिर्वाचनबाट सत्तामा पुग्‍ने उद्देश्यले सप्तरी-२ बाट पराजित उपेन्द्र यादव चुनावी मैदानमा होमिएका छन्। 

०६३-०६४ को मधेस आन्दोलनका क्रममा मधेसी जनताको हक अधिकार र सामाजिक उत्थानका मुद्दा बोकेर सडक आन्दोलनको अगुवाई गरेका यादव पटक-पटक सत्तामा पुगे पनि उनले मधेसी जनतालाई गरेका प्रतिबद्धताहरु कहिल्यै सम्झिन चाहेनन्। उनी पछिल्लो डेढ दशकभन्दा लामो समय निरन्तर चुनाव जित्दै आए पनि मधेसका नागरिकमाथि धका र बेवास्ता गरिरहे र आफू सत्ता केन्द्रित बने। 

०७४ को निर्वाचनअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको चुनावी गठबन्धन र तालमेलदेखि यताका विषयहरुलाई हेरे भने पनि उपेन्द्रलाई आफूलाई केन्द्रमा राखेर सत्तामा बसिरहनका लागि अनेकौं पटक भ्रम छर्दै जनतालाई धोका दिने काम गरेका छन्। 

०७९ को निर्वाचनअघि पनि उनले आफू आबद्ध रहेको गठबन्धन छोडेर नेकपा एमालेसँग मिले। चुनावमा पराजित भएपछि एमालेसँग आक्रोशित भएका उनी पुस १० गते सरकार निर्माण गर्दा नेकपा एमालेकै प्रस्तावमा सही छाप गरे। फागुन १५ मा नयाँ सरकार गठन भएपछि उनले एमालेसँग गरेको प्रतिबद्धता विपरीत कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भए र अहिले सरकारमा सहभागी भएका छन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष यावदको यस्तो चरित्रले गर्दा नै उनलाई मधेसी जनताले सप्तरी-२ मा बहिष्कार गरेका हुन्। परिणाम आफू विपरीत आएको जान्दाजान्दै यस पाँच वर्षमा सत्ता बाहिर बसेर जनतालाई विश्‍वासमा लिनुको साटो छोटोबाट फेरि सत्ता प्राप्तिकै खेलमा होमिएका छन्। 

यसले बारा-२ को चुनावमा पनि उनलाई नराम्रो नतिजातर्फ धकेल्‍ने निश्‍चितजस्तै बनेको छ। मधेसी जनताको नाममा आफ्नो व्यक्तिगत स्वार्थका लागि पटक-पटक पार्टी एकता र विभाजन गरेको कुरा पनि मधेसका जनताले बिर्सिएका छैनन्।

विशेष