News खेल

नेपालले मलेसियालाई ६ विकेटले हरायो, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

नेपालले मलेसियालाई ६ विकेटले हरायो, सोमपाल र सन्दीपले लिए ३–३ विकेट

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। २३६ रनको लक्ष्य पाएको नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर मलेसियालाई हराएको हो।

नेपाललाई जिताउन भीम सार्कीले ७१ रन, कुशल मल्ल ७०, रोहित पौडेल ४२ रन र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।


यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे ।

ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए ।  मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए । 
 

विशेष