News

पूर्णबहादुर खड्काले यसरी छोपे लाज !

पूर्णबहादुर खड्काले यसरी छोपे लाज !

आफनै बाचा विपरित मन्त्री बन्न गएपछि नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले लाज छोप्ने प्रयास गरेका छन्। उनले आफुले मन्त्री मात्रै बन्दिन भनेको भन्दै उपप्रधानमन्त्री बन्दिन नभनेको बताए।

शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले मन्त्री मात्रै पाएको भए नबन्ने बताए। खड्काले केही समयअघि मन्त्री नबन्ने घोषणा गरेका थिए। 

तर अहिले फेरि मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। उनले त्यसबारे पनि प्रष्ट्याएका हुन्। 

‘अहिले सामाजिक सञ्जालमा आइरहेको छ। मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिन भन्नुभयो, र फेरि मन्त्री बन्नुभयो भन्ने सामाजिक सञ्जालमा आइरहेको छ’ उनले भने–‘मैले उपप्रधानमन्त्री बन्दैन कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिन भनेको हो। उपप्रधानमन्त्री बिनाको मन्त्री भएको भए म हुन्थिनँ।’

आफ्नो वचनबाट पछि नहटेको उनले दावी गरे। ‘अहिले म मन्त्रीमात्रै बनिरहेको छैन। अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्नेकुरा शुभचिन्तकहरू, साथीहरू, सामाजिक सञ्जालमा मेरा बारेमा टिप्पणी गर्ने मित्रहरूलाई स्पष्ट पार्न चाहान्छु’ उनले थपे–‘म मन्त्री मात्रै बन्थिनँ। मेरो वचनबाट कहीँ दाँयाबाँया गएको छैन।’
 

विशेष