News

बाटोको योजनामा विवाद हुँदा प्रशासकीय अधिकृतलाई उपमेयरले हानिन् वोतल

बाटोको योजनामा विवाद हुँदा प्रशासकीय अधिकृतलाई उपमेयरले हानिन् वोतल

आफु अन्तर्गत संचालन भईरहेको योजना रोकेको भन्दै महोत्तरीको बलवा नगरपालिकाकी उपमेयर रामदुलारी देवी ठाकुरले प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार ठाकुरलाई बोतलले हानेकी छिन।

कार्यकक्षमै पसेर उनले आफुलाई वोतलले हान्नुका सार्थ दुर्ब्यवहार पनि गरेको अधिकृत ठाकुरले वताए । वडा नम्बर–७ बनौटामा निर्माण भइरहेको सडकको काम आफूसँग नसोधि रोकेको भन्दै उनले आक्रमण गरेको उनले गुनासो गरे।

उपमेयरको योजनाअन्तर्गत २५ लाखको लागतमा निर्माण भइरहेको सडक ९ फिट मात्र नभई १४ फिट बनाउनु पर्ने माग गर्दै स्थानीयले कार्यालयमा लिखित निवेदन दिएपछि आफुले उक्त काम रोकेको उनले वताए।

स्थानीयको मागलाई ध्यानमा राखेर काम रोकिएको र सोही कुरालाई इस्यु बनाएर उपमेयरले आफुमाथि दुर्व्यवहार गरेको उनको भनाई छ। एउटा एनजिओका कर्मचारीसँग छलफल गरिरहेका वेला उपमेयर ठाकुरले आफूमाथि बोतल प्रहार गरेको अधिकृत ठाकुरले वताए।

उपमेयर ठाकुरले भने आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि बोतल प्रहार नगरेको दाबी गरेकी छन्। प्रमुख प्रशासकीय अधिकृतलाई बोलाउन तीन पटक कार्यालय सहयोगीलाई पठाएपनि नआएपछि आफैं उनको कार्यकक्षमा पुगेको उपमेयर ठाकुरले वताई।

गेटमा पुगेर ‘यहाँ आउनोस तपाईंसँग कुरा गर्नुछ’ भन्दा उल्टै ‘तपाईंसँग म कुनै कुरा गर्दिन’ भन्दै आफनो अपमान गरेको उनको भनाई छ।

बोतल बलवा नगरपालिका

विशेष