News

एमालेमा जंगली

एमालेमा जंगली

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका कास्कीका नेता चुडामणि जंगली एमाले प्रवेश गरेका छन्। मंगलबार मुख्यमन्त्री एवं एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरे।

जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए। जंगलीले आफूलाई पार्टी नेतृत्वका गतिविधि चित्त नबुझेपछि एक महिनाअघि नै राजीनामा पठाएको बताएका थिए ।

जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए । एमालेमा हुँदा उनी केन्द्रीय सदस्य थिए । जंगली दोस्रो संविधानसभा सदस्य हुन् । 
 

चुडामणि जंगली

विशेष