News

राष्ट्रपति पौडेल अस्पताल भर्ना, बाहिर लैजान सुझाव

राष्ट्रपति पौडेल अस्पताल भर्ना, बाहिर लैजान सुझाव

राष्ट्रपति रामचन्द्र पौडेललाई फेरी अस्पताल भर्ना गरिएको छ। अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 

आज बिहान अक्सिजनको मात्रा कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए। 
 

राष्ट्रपति रामचन्द्र पौडेल

विशेष