News स्वास्थ्य

कामै नलाग्ने भएपछि यसरी सड्दैछ चीनबाट ल्याएको ४० लाख डोज कोरोनाको खोप

कामै नलाग्ने भएपछि यसरी सड्दैछ चीनबाट ल्याएको ४० लाख डोज कोरोनाको खोप

चीनले एक वर्षअघि नेपाल पठाएको कोभिडविरुद्धको ४० लाख डोज खोप बुस्टरका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि खेर जाने भएको छ। नेपाल सरकारले विशेष विमान पठाएर उक्त खोप नेपाल ल्याएको थियो।

‘एक्सपायरी डेट’ दुई वर्ष रहेको उक्त खोपको अब ८ महिनापछि म्याद सकिँदै छ । यो खोप १८ वर्षमाथिका नागरिकमा मात्र लगाउन मिल्ने खोप हो । पहिलो डोज खोप लगाउन बाँकी जनसंख्या नै नरहेकाले खोप स्टकमै थन्किएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन ।

स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार ४० लाख सिनोभ्याक आएकामा हालसम्म एक मात्रा पनि लगाइएको छैन । खोप टेकुस्थित भण्डारणमा थन्किएको छ । 

स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको बुस्टर डोज (चौथो मात्रा) का रूपमा कोभ्याक्स सुविधामार्फत ३० लाख डोज फाइजर ‘बाइभ्यालेन्ट’ खोप ल्याइसकेको छ । नेपालमा हालसम्म अनुदान र खरिद गरी ६ करोड ६२ लाख ८० हजार ५५० डोज खोप भित्रिइसकेको छ ।

हाल ९ लाख ७९ हजार १०९ मात्रा बाइभ्यालेन्ट र ४३ लाख २८ हजार ५३० डोज भेरोसेल बाँकी रहेको जनाईएको छ।

चीनबाट अनुदानमा ल्याईएको उक्त सिनोभ्याक–कोरोनाभ्याक खोपलाई बुस्टरका रूपमा प्रयोग गर्न डब्लूएचओले सिफारिस नगरेपछि खेर जाने अवस्था आएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कोरोनाको खोप सिनोभ्याक

विशेष