News

रविका ड्राईभरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, अवस्था स्थिर

रविका ड्राईभरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, अवस्था स्थिर

घरको छतबाट खसेर गम्भिर अवस्थामा रहेका रास्वपाका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

सोमबार बिहान घरको छतबाट खसेका थापालाई भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।

‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन्।  

सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो।

तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। उनी अहिले पनि अचेत छन्। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

अधिकांशले थापालाई हुत्याईएको हुन सक्ने आशंकामा निस्पक्ष जाँचको माग गरिरहेका छन्।

यो पनि,

रवि लामिछाने

विशेष