News

पूर्वराजा ज्ञानेन्द्रलाई चीनले यसरी दियो धोका

चीनको सपोर्ट गर्दा अमेरिकी एजेन्डामा गुम्यो साशन सत्ता 

पूर्वराजा ज्ञानेन्द्रलाई चीनले यसरी दियो धोका

पूर्वराजा ज्ञानेन्द्रले छिमेकी राष्ट्र चीनलाई पटक–पटक सहयोग र समर्थन गरेपनि चीनले भने उनलाई कहिलै सहयोग गरेन। समस्या पर्दा साथ र सहयोग पाउने आशा गरेका उनले अन्ततः चीनबाट धोका पाए। वरु, चीनकै कारण उनले राजगद्दी समेत गुमाउनु पर्यो।

१५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले राजाका पूरै अधिकार कटौती गर्यो। पर्दा अगाडि जुनसुकै कुरा उल्लेख गरिएको भएपनि पर्दापछाडि राजसंस्था हटाउँने प्रमुख कारण चीन नै थियो। तर, ज्ञानेन्द्रलाई सत्ताबाट घोक्र्याउँदा समेत चीनले उनको पक्षमा सहानुभुती समेत देखाएन।

ज्ञानेन्द्र शाह धेरै अगाडिदेखि चीनको पक्षपोषण गर्थे। सन् २००५ देखि पर्यवेक्षकको रूपमा रहेको चीनलाई ज्ञानेन्द्रले क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क) को पूर्ण सदस्य बनाउन खोजे। सन् २००५ देखि २००६ सम्म उनले यो प्रयासलाई निरन्तर जारी राखे। 

चीनलाई सार्कमा ज्ञानेन्द्रको निरन्तरको लविङले चीनको भलाई देख्न नसक्ने मुलुकका रुपमा चिनिएको अमेरिका रुष्ट भयो। यतिमात्र होईन, चीनलाई पुर्ण सदस्य वनाएर भारतलाई सन्तुलनमा राख्न खोजेको वुझाईले ज्ञानेन्द्रसँग भारत पनि चिढियो।

अन्ततः चीनलाई क्षेत्रीय निकायको सदस्य बनाउने प्रयास गर्दा ०६५ सालमा ज्ञानेन्द्रले राजगद्दी गुमाए। जानकारहरुका अनुसार नेपालमा राजनीतिक दलले आन्दोलन गरिरहेका वेला अमेरिकाको योजना अनुसार नै राजा फाल्ने एजेण्डा छिराईएको थियो।

अमेरिका र भारत दुवै रुष्ट तथा चीनको समेत सहयोग नपाएपछि ज्ञानेन्द्र लाचार भएर चुपचाप दरबारबाट वाहिरिएको स्रोतको दावी छ। ज्ञानेन्द्रलाई सत्ताच्युत गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लविङ गरेर उनलाई सहयोग गर्नु पर्नेमा एक शब्द समेत नवोलेका पूर्वराजा निकट स्रोत वताउँछ।
 

ज्ञानेन्द्र शाह

विशेष